पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राज्यको लगानीअनुुसार सामुदायिक विद्यालयको नतिजा राम्रो हुनुपर्ने बताएका छन् । नेपाल शिक्षक महासङ्घ, कास्कीको दोस्रो जिल्ला परिषद्को आज पोखरामा उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयमा राज्यको लगानी राम्रो भए पनि त्यस अनुुसारको नतिजा हासिल हुन नसकेको बताए । प्रशस्त लगानी भएर पनि सामुदायिक विद्यालयले सन्तोषजनक नतिजा दिन नसकेको अवस्थाप्रति शिक्षक महासङ्घले विशेष ध्यान दिनुपर्ने प्रमुख आचार्यले बताए । शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले स्थान...