जङ्गली हात्तीले क्षति पुर्‍याएका १० घरपरिवारलाई राहत प्रदान

सिरहाको लहान नगरपालिका–१६ आरिदमार टोलमा एक साताअघि भएको जङ्गली हात्तीको आक्रमणबाट क्षति व्यहोरेका १० घरपरिवारलाई लहान नगरपालिकाले आज राहत उपलब्ध गराएको छ ।  यही पुस १७ गते राति हात्तीले क्षति पु-याएको परिवारलाई ५०/५० किलो चामलसहित खाद्ययन्न वितरण गरिएको नगरप्रमुख महेश चौधरीले जानकारी दिए । यसैगरी वृद्धवृद्धा, सुत्केरी र विशेष संवेदनशील परिवारलाई फाइबर सिरक पनि उपलब्ध गराइएको उनले बताए ।  नगरप्रमुख चौधरीले घर मर्मत र पुनःस्थापनाका लागि प्रत्येक पीडित परिवारलाई रु १०/१० हजार नगद पनि उपलब्ध गरा...