कांग्रेस विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधि, आज बन्द सत्र

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले नाम दर्ता गराएका छन् । कोशी प्रदेशबाट ४ सय २५, मधेश प्रदेशबाट ४ सय ४६, बागमती प्रदेशबाट ४ सय ३२, गण्डकी प्रदेशबाट २ सय ९६, लुम्बिनी प्रदेशबाट ३ सय ९८, कर्णाली प्रदेशबाट १ सय ३४, सुदूरपश्चिम प्रदेशबाट १ सय ४८, उपत्यका (काठमाण्डौ, भक्तपुर र ललितपुर) बाट १ सय ७८ र भातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १ सय ९५ गरी दुई हजार ६ सय ६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका हुन् । ...