नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज मबारदेखि बन्दसत्र शुरू हुने भएको छ । विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यले आइतबार भव्य र उत्साहपूर्ण रूपमा उद्घाटनसत्र समापन भएको बताउँदै आज बिहान ८ बजेदेखि बन्द सत्रको प्रक्रिया अगाडि बढाइने जानकारी दिए । विशेष महाधिवेशनको बन्दसत्र ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुने आचार्यको भनाइ छ । बन्द सत्रको प्रारम्भमा महाधिवेशन सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरी पारित गरिनेछ । यो महाधिवेशन प्रतिनिधिहरू आफैंले आयोजना गरेको विश...