काठमाण्डौ – पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले न्यूजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । तीन खेलको शृंखलामा भारतले १–० को महत्त्वपूर्ण अग्रता हासिल गरेको छ । बडोदरामा भएको खेलमा ३ सय १ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । भारतीय टोलीका लागि विराट कोहलीले सर्वाधिक ९३ रनको उत्कृष्ट पारी खेले । कप्तान शुभमन गिलले ५६, श्रेयस अय्यरले ४९ र रोहित शर्माले २६ रनको योगदान दिए । अन्त्यतिर केएल राहुलले २९ रनको संयमित र निर्णायक पारी खेल्दै टोलीलाई जीत दिलाए । ...