काठमाण्डौ – काठमाण्डौको न्यूनतम तापक्रम हिजोको तुलनामा आज केही बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो भने अस्ति २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो । महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकाको मौसम दिनभर नै सफा रहनेछ । यस्तै, आज बिहान तराई–मधेशका धेरैजसो ठाउँमा हुस्सु लागेको भए पनि दिउँसोपछि भने आकाश खुल्ने महाशाखाले जनाएको छ । अ...