सरकारको कडा दमन बढ्दै जाँदा इरानभर भएका प्रदर्शनमा सयौं प्रदर्शनकारीको मृत्यु भएको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि सिधै गोली चलाइरहेको बताइएको छ । तेहरानस्थित एक स्रोतले आइतबार बीबीसीसँग भनेको छ, ‘यहाँ अवस्था अत्यन्तै भयावह छ । हाम्रा धेरै साथीहरू मारिएका छन् । सुरक्षाकर्मीले सिधै गोली चलाइरहेका छन् । सडक युद्धक्षेत्रजस्तै बनेको छ, रगतले भरिएको छ । शवहरू ट्रकमा हालेर लगिँदैछन् ।’ बीबीसीले तेहरान नजिकैको एक शवगृहको दृश्यमा करिब १८० वटा शव गनेको जनाएको छ। अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्...