५ गुणा बढे हवाई यात्रु , गत वर्ष ६५ लाखले गरे यात्रा

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा लिने यात्रुको सङ्ख्या दिन दुई गुणा, रात चार गुणाका दरले बढ्दै गएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) ८० लाख यात्रु हो । सन् २०२० देखि सन् २०२५ सम्मको अवधिमा बढेका हवाई यात्रुको चाप प्रत्येक वर्ष बढिरहेको छ । सन् २०२४ मा यो विमानस्थलबाट करिब ६५ लाख यात्रुले यात्रा गरेका छन् । यात्रु सङ्ख्या वृद्धि हुँदै जाँदा सहज यात्रा, उडान सुनिश्चितता र उडान अवधिमा समेत असर पुग्दै आएको छ । प्राधिक...