पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत ३१ अर्ब रुपियाँ सङ्कलन भएको छ । आर्थिक वर्ष २०६५/६६ देखि चालु आव २०८२/८३ को १५ पुससम्म प्रदूषण कर शीर्षकमा ३१ अर्ब १२ करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ । वातावरण प्रदूषण नियन्त्रण गर्ने भनेर उपभोक्ताबाट डिजेल र पेट्रोलबाट कर सङ्कलन गरिँदै आएको छ जुन रकम वातावरण प्रदूषण नियन्त्रणमा नभई अन्यन्त्र खर्च हुने गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डे सञ्चित कोषमा जम्मा भएको रकम बजेटरी प्रणालीबाट खर्च हुने गरेको जानकारी दिए । प्रदूषण नियन्त्रण गर्न भनेर स...