अमेरिकी न्याय विभागले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलमाथि अनुसन्धान सुरु गरेको छ। अध्यक्ष पावेल आफैँले आइतबार एक भिडियो सन्देशमार्फत यसको पुष्टि गरेका हुन्। फेडरल रिजर्भका भवनहरूको मर्मतसम्भारका विषयमा सिनेट समितिमा दिएको बयानलाई लिएर न्याय विभागले उनलाई 'सबपिना' (अदालती आदेश) जारी गरेको छ। पावेलले यो कदमलाई अभूतपूर्व भन्दै यसको पछाडि राजनीतिक कारण रहेको बताएका छन्। उनका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको पटक-पटकको दबाबका बाबजुद ब्याजदर नघटाएका कारण आफूलाई निशाना बनाइएको हो। पावेलले भने, 'यो अन...