विराट कोहली बने अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी

भारतीय स्टार ब्याटर विराट कोहलीले श्रीलङ्काका पूर्व कप्तान कुमार सङ्गाकारालाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडीको कीर्तिमान बनाएका छन्। न्युजिल्यान्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा ९३ रनको शानदार पारी खेल्दै उनले यो उपलब्धि हासिल गरेका हुन्। अब कोहलीभन्दा अगाडि भारतकै सचिन तेन्दुलकर मात्र रहेका छन्। सचिनको नाममा ३४,३५७ रन छ। कोहलीले मात्र ६२४ इनिङ्समा २८ हजार रन पुरा गर्दै विश्वमै सबैभन्दा छिटो यो सफलता हात पार्ने खेलाडी समेत बनेका छन्। यसअघि सचिनले ६४४ र सङ्गाकाराले ६६६ इनिङ्समा २८ हजार रन प...