त्रिशूली किनारमा भेटिएको बसको आज पनि उत्खनन् गरिने

तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज सोमबार पनि उत्खनन् गरिने भएको छ ।  नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन् गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन् गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार बिहान १०:४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही...