माछा उत्पादनमा राम्रो पहिचान बनाएको रूपन्देहीको सियारीमा माछा तथा कृषि महोत्सव हुने भएको छ । सियारी गाउँपालिकाले छपियाको माछालाई प्रवर्द्धन गर्न आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म सियारी माछा तथा कृषि महोत्सव गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले माछासँगै कृषिमा अब्बल रहेको पालिकाका किसानको उत्पादन र बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले माछा महोत्सव गर्न लागेको जानकारी दिए । कृषि, व्यापार, उद्योग मेला/महोत्सव हुने गरे पनि माछा महोत्सव देशमै फरक र नयाँ रहेको अध्यक्ष घिमिरेक...