गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधित्व गरेको धार विद्रोह होइन, आन्तरिक जवाफदेहिता हो : भावना राउत

 जेनजी अभियन्ता भावना राउतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो गतिविधिलाई 'विद्रोह' नभई 'आन्तरिक जवाफदेहिता' को संज्ञा दिएकी छन्।  सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र सुध्रिनु देशकै लोकतान्त्रिक स्वास्थ्यका लागि अनिवार्य रहेको बताएकी हुन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको धारलाई समर्थन गर्दै राउतले लेखेकी छन्, 'पार्टीभित्र प्रश्न उठाउनु, नेतृत्वलाई उत्तरदायी बनाउनु र असहमतिको सम्मान गर्नु अनुशासनहीनता होइन, यो त लोकतान्त्...