आगामी २४ घण्टामा तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। सोमबार बिहान ८ बजे जारी गरिएको मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु देखिनेछ भने पहाड र हिमालमा मौसम खुलेको रहनेछ। आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम विश्लेषणमा उ...