कांग्रेसका प्रतिनिधि नयाँ नेतृत्व चयन गर्नुपर्ने मनस्थितिमा, सभापति देउवा दबाबमा

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएका छन् । काठमाण्डौको भृकुटीमण्डपमा हिजोदेखि शुरू भएको विशेष महाधिवेशनमा सहभागी कांग्रेसका प्रतिनिधिहरु हलबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने मनस्थितिमा छन् । यसअघि पार्टीको १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेका बहुमत प्रतिनिधि नै उहाँको विपक्षमा उभिएका हुन् । कांग्रेसका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ६ सय ६२ प्रतिनिधि विशेष महाधिव...