२० वर्षसम्म एउटै नम्बरमा 'दाउ': ७३ वर्षीय वृद्धले जिते साढे ४ अर्बको चिठ्ठा

धैर्यता र निरन्तरताको फल कति मिठो हुन्छ भन्ने उदाहरण अमेरिकाको मिचिगनका एक ७३ वर्षीय वृद्धले प्रस्तुत गरेका छन्। विगत २० वर्षदेखि एउटै नम्बरको सेट प्रयोग गरेर चिठ्ठा (लोटरी) खेल्दै आएका उनले अन्ततः ३२.९१ मिलियन डलर (करीब ४ अर्ब ३७ करोड नेपाली रुपैयाँ) को बम्पर ज्याकपट जितेका छन्। म्याकोम्ब काउन्टीका ती भाग्यशाली वृद्धले सन् २००४ देखि 'लोटो ४७' मा एउटै नम्बरहरू— ०२-०३-१२-१५-१६-३३ प्रयोग गर्दै आएका थिए। गत डिसेम्बर १३ को राति जब नतिजा सार्वजनिक भयो, उनले सोचेका पनि थिएनन् कि २० वर्षको पर्खाइ यसरी टुङ्गिनेछ। आफ्...