इङ्गल्याण्डको वेस्ट मिडल्याण्ड्स क्षेत्रमा बसोबास गर्ने मानिसहरू गत बिहीबार साँझ एउटा अनौठो दृश्य देखेर चकित परे। बाहिर हिउँ परिरहेको थियो, तर आकाश भने रहस्यमय ढंगले गुलाबी रंगमा चम्किरहेको थियो। बर्मिङ्घम, हेडनेसफोर्ड र स्मल हेथ लगायतका क्षेत्रमा देखिएको यो 'गुलाबी आकाश' को रहस्य अहिले खुलेको छ। मानिसहरूले यसलाई 'नर्दर्न लाइट्स' ठानेका थिए, तर यो कुनै प्राकृतिक घटना नभई फुटबल रङ्गशालाको प्रकाशको कमाल थियो। हेडनेसफोर्ड टाउन फुटबल क्लबले सामाजिक सञ्जालमार्फत यो रहस्यको खुलासा गरेको हो। क्लबका अनुसार, रङ्...