ललितपुर – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको सबै तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष विज्ञान तथा प्रविधि विकास यात्रामा एउटा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । नास्टको पहलमा नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा झन्डै दुई वर्ष लगाएर तयार गरिएको ‘मुनाल’ उपग्रह वनस्पति तथा वातावरणीय अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) मा...