खैरो हेरोइनसहित एक जना पक्राउ

२८ पुस, धनगढी । कैलालीबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट लागुऔषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी २८ वर्षीय हरिश विष्टलाई पक्राउ गरेको हो । आइतबार साँझ शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट २७ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन, २२८ ट्याबलेट स्पास […]