मलेसिया र इन्डोनेसियाले एलन मस्कको ‘ग्रोक’माथि लगाए प्रतिबन्ध, यस्तो छ कारण

मलेसिया र इन्डोनेसियाले एलन मस्कको कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबोट ‘ग्रोक’माथि प्रतिबन्ध लगाएका छन् । यौन रूपमा स्पष्ट तथा गैर–सहमतीय डीपफेक तस्वीर बनाउन प्रयोग हुन सक्ने जोखिमका कारण दुवै देशले ग्रोकमाथ प्रतिबन्ध लगाएका हुन् । सामाजिक सञ्जाल एक्स प्लेटफर्ममा रहेको ग्रोकले तस्वीर सिर्जना र सम्पादन गर्न अनुमति दिन्छ । तर पछिल्ला हप्ताहरूमा यसलाई वास्तविक व्यक्तिका तस्वीर सम्पादन गरी आपत्तिजनक सामग्री बनाउन प्रयोग गरिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । दुवै देशका सञ्चार मन्त्रालयले महिला र बालबालिकासम्बन्धी अश्लील सा...