‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेसको आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन कुल २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कायम रहेका कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये पहिलो दिन करिब ५६ प्रतिशत प्रतिनिधिहरूले नाम दर्ता गराएका हुन् । बहुमत सङ्ख्या पहिलो दिनमै दर्ता भएपछि आयोजक पक्ष...