काठमाण्डौ – कृत्रिम खुट्टाको सहायतामा अन्टार्टिकाको माउन्ट भिन्सन (४,८९२ मिटर) आरोहण गर्दै हरि बुढामगरले विश्वका सातवटै महादेशका अग्ला शिखर आरोहण गर्ने कीर्तिमान कायम गर्नुभएको छ । उहाँले यही पुस २२ गते माइनस २५ डिग्री चिसोकाबीच शिखरमा पाइला टेक्नुभएको हो । पूर्व गोर्खा सैनिकसमेत रहनुभएका ४६ वर्षीय बुढामगर रोल्पाको मिरुल गाउँमा जन्मिनुभएको हो । सन् २०१० मा अफगानिस्तानमा भूमिगत बम विस्फोटमा दुबै खुट्टा गुमाउनुभएका उहाँले कृत्रिम खुट्टाको सहायतामा यो ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको हो । आरोहणपछि उहाँले अपाङ्गता ज...