कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा के-के हुँदैछ ?

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज सोमबार बन्दसत्र चल्नेछ । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि शुरू भएको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र हुने भएको हो । महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र शुरू हुनेछ।  आज बन्दसत्रको शुरूमा विशेष महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ । त्यसपछि नौ वटा समूह निर्माण गरेर चारवटा विषयमाथि नीति मन्थन हुनेछ ।  चार विषयमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विष...