कांग्रेसमा दुई सहमहामन्त्री थपिँदै, केन्द्रीय समिति ३०१ सदस्यीय, विधानमा अरु के व्यवस्था हुँदैछ ?

काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विधान संशोधन गर्ने तयारी छ ।  सोमबार बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले विधान सम्बन्धी नयाँ प्रस्ताव पेस गर्दैछन् । जसमा केही व्यवस्थाहरू हेरफेर/थपघट गरिएका छन् । शर्माको प्रस्ताव अनुसार प्रत्येक तहको अधिवेशन ३ देखि ६ महिनाको फरकमा गर्ने, भ्रातृसंस्थाको पुनः परिभाषा गरी तिनलाई स्वायत्त बनाउने उल्लेख छ । पार्टीका सबै संरचनामा महिलाको सहभागिता बढाउने विषय पनि प्रस्तावमा समेटिएको छ । यसैगरी, केन्द्रमा ४० वर्षमुनिका युवाका लागि एक सहमहामन्त्री र पेसागत क्षेत्...