स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधिका बार्सिलोनाले जितेको छ । बार्सिलोनाले आइतबार राति खेलिएको रोमाञ्चक फाइनल खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–२ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । फाइनल खेलमा पाँचवटै गोल पहिलो हाफमै भएको थियो । बार्साको जितमा राफिन्हाले दुई गोलको योगदान गरे । उनले निर्धारित समयको ३६ औं र ७३ औं मिनेटमा गोल गरेका थिए । बार्सिलोनाका लागि अर्को एक गोल भने रोबर्ट लेवान्डोवस्कीले पहिलो हाफको इन्जुरी समयमा गरेका थिए । साउदी अरेबियामा खेलाइएको फाइनल खेलमा रियल...