समय र प्रविधिसँगै सिक्दै, बुझ्दै र अघि बढ्नु आजको आवश्यकता हो । संगीत क्षेत्रमा पनि एआईको प्रयोग बढ्दो छ । तर प्रविधिको प्रयोग र दुरुपयोगबीचको सीमाना मेटिँदै जाँदा सर्जकका अधिकार, मौलिकता र नेपाली संगीतको आत्मामाथि गम्भीर प्रश्न उठिरहेका छन् । प्रविधिको उपयोग गर्नुपर्छ भन्नेमा दुई मत छैन । तर पछिल्लो समय कुनै पनि सर्जकको सिर्जनालाई अनुमति नलिई सामाजिक सञ्जालमा अवैधानिक रूपमा सार्वजनिक गरी आम्दानी गर्ने प्रवृत्ति बढ्दै गएको छ । विशेषगरी वास्तविक सर्जकले आफ्नो गीत यूट्युबमा दर्ता गर्नुअघि नै अर्को व्यक्तिले थोरै एआई प्रयोग गरे...