भृकुटीमण्डपमा बिहानैदेखि चहलपहल, प्रतिनिधिको नाम दर्तापछि बन्दसत्र [फोटोफिचर]

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज सोमबार बन्दसत्र हुँदैछ ।  काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको थियो भने आज बन्दसत्र गर्ने कार्यतालिका तय गरिएको छ । महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि बन्दसत्रस्थल भृकुटीमण्डप पुगेका छन् ।  महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहनेछ त्यसलगत्तै भृकुटीमण्डपस्थित हलमा बन्दसत्र शुरू हुनेछ ।  आज बन्द सत्रको शुरूमा वि...