नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापालाई जवाफ दिएका छन् । कांग्रेस विशेष महाधिवेशनको उद्घाटनसत्रमा थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको बताएका थिए । ‘उनले भनेका थिए- कांग्रेस दास र लासहरूको पार्टी होइन, यो जिउँदाहरूको पार्टी हो । यहाँ कुनै बा छैन जसले नबोल भन्दा बोल्न नपाइने ।’ थापाले कुनै राजनीतिक दलको नाम नलिए पनि एमाले महासचिव शंकर पोखरेलले भने एमाले लक्षित बुझेर जवाफ दिएका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै भूराजनीतिक स्वार्थकासामु...