नेपालको चिकित्सा शिक्षालाई धराशायी बनाउन ठूलै कसरत भइरहेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिकित्सा ऐन २०७५ ले निजी मेडिकल कलेजलाई एनजीओ अर्थात् गैरनाफामुलक बनाउन प्रस्ताव गरेर समग्र चिकित्सा शिक्षालाई नै धराशायी बनाउन खोजिएको बताइएको हो । नेपाल मेडिकल कलेजको २६ औं वार्षिक साधारणसभामा बोल्दै कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारीले निजी मेडिकल कलेजलाई एनजीओकरण गरेर निजी लगानी नै सिध्याउने खेल भइरहेकोले सम्पूर्ण मेडिकल कलेज एकजुट हुनुपर्ने बताए । ऐनको दफा ४७ को उपदफा १ अनुसार ऐन प्रा...