काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा भैरहेको विशेष महाधिवेशनमा उपस्थित हुने भनेर भ्रम फैलाइएको भन्दै उहाँको सचिवालयले खण्डन गरेको छ । देउवाका स्वकीय सचिव भानु देउवाले सूचना निकालेर सभापति विशेष महाधिवेशनमा जाने कार्यक्रम नरहेको जानकारी गराउनुभएको हो । ‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ । कार्यक्रममा पा...