आफूनिकट केन्द्रीय सदस्य, जिल्ला सभापति र कानून व्यवसायीसँगको परामर्शमा शेखर कोइराला

महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मा लगायतले बोलाएको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भएपछि डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग परामर्श थालेका छन् । आफूपक्षीय नेता र महाधिवेशन प्रतिनिधि समेत विशेष महाधिवेशनमा सहभागी भएपछि कोइरालाले परामर्श थालेका हुन् । विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा सोमबार बिहान छलफल चलिरहेको छ । छलफलमा कोइराला निकट केन्द्रीय सदस्य, कानून व्यवसायी, जिल्ला सभापति लगायत रहेका छन् । बहुमत प्रतिनिधि उपस्थित हुने विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै परिवर्तन गर्ने तयारी ...