आफूपक्षीय केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिहरू समेत विशेष महाधिवेशनमा सहभागी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विभाजन गर्न लागेको आरोप लगाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधि नेतृत्व परिवर्तनको पक्षमा देखिएपछि सभापति देउवाले पार्टी विभाजन गर्न लागेको आरोप लगाएका हुन् । विकसित पछिल्लो अवस्थाबारे देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित निकटस्थसँग सोमबार बिहान छलफल गरेका थिए । सो छलफलमा देउवाले आफू कुनै पनि हालतमा भृकुटीमण्डपको अधिवेशनमा सहभागी नहुने अडान लिएको एक नेताले जानकारी द...