सुन-चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च हो । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । सोमबार एक तोला चाँदीको मूल्य पाँच हजार १९५ रुपैयाँ पुगेको छ ।  आइतबार चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार थियो। अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछ...