काठमाण्डाै – नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औँ महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेश भएको छ । कांग्रेसको विशेष महाधिवेनले पारित गरेको कार्यविधिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गर्ने र नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको चुनाव गर्ने उल्लेख छ । नेपाली कांग्रेसको २०७८ साल मङ्सिर २४ देखि २८ गतेसम्म भएको १४औँ महाधिवेशनबाट सभापत...