आफूनिकट नेताहरूसँग शेखरले भने- सभापति र महामन्त्रीसँग कुरा गरिरहेको छु, पार्टी फुट्दैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका छन् । छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजान प्रतिबद्ध रहेको बताए । पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको उनले जानकारी दिए । कोइरालाले आफू विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए । 'म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिरहे...