विश्वप्रकाशले एकपटक मात्रै समानुपातिक सांसद बन्न पाउने प्रस्ताव गर्दा हलमा हुटिङ र ताली

नेपाली कांग्रेसमा अब समानुपातिक प्रणालीबाट एकपटक मात्र सांसद बन्न पाउने प्रस्ताव गरिएको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव गर्दा समर्थनमा हलमा हुटिङ र ताली गुन्जिएको छ । शर्माले विधान परिवर्तन लगायतका विभिन्न प्रस्ताव बन्दसत्रको हलमा पेस गरेका छन् । उनले भने, ‘एकपटकको समानुपातिक अन्तिमपटकको समानुपातिक हुनेछ ।’ आइतबार शुरू भएको विशेष महाधिवेशनको सोमबार बन्दसत्र शुरू भएको छ ।  शर्माले पेस गरेको बन्दसत्रको कार्यविधिमा वर्तमान केन्द्रीय कार्यसमितिक...