कपिलवस्तुमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । वाणगङ्गा नगरपालिका १० भावपुरस्थित रोयल सिटी कटेज एन्ड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेस्टुरेन्ट सञ्चालक सोही नगरपालिका १० भावपुर बस्ने ३५ वर्षीय दिनेश थारूसहित ६ जनालाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५६ हजार २ सय ९० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।