कांग्रेस महामन्त्री शर्माको प्रस्ताव : श्रीमान् र श्रीमती एकैपटक सांसद हुन नपाउने (पूर्णपाठसहित)

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रीमान्–श्रीमती एकैपटक सांसद बन्न नपाउने प्रस्ताव गर्नुभएको छ । विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री शर्माले पेश गर्नुभएको समसामयिक राजनीतिक समस्यासम्बन्धी प्रतिवेदनमा भनिएको छ, ‘एकाघरका सदस्य (मूलतः श्रीमान् र श्रीमती) एउटै तहको जनप्रतिनिधि हुन नपाउने ।’ जनप्रतिनिधित्वमा नातावाद झल्किएको भन्ने विषय नागरिकमा आलोचित र अलोकप्रिय बनेको उल्लेख गर्दै महामन्त्री शर्माले  त्यसलाई तोड्न यस्तो प्रस्ताव गर्नुभएको हो । उहाँले केन्द्रीय...