नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा सहभागी हुन अलमल गरिरहेका प्रतिनिधिलाई डरको किल्ला भत्काउन आग्रह गरेका छन् । कांग्रेसमा गुटको किल्ला भत्किएको उनको दाबी छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दशत्रलाई सोमबार सम्बोधन गर्दै थापाले अलमलमा नपर्न नेता र कार्यकर्तालाई आग्रह गरेका हुन् । ‘यत्रो जोखिम बोकेर साथीहरू यहाँ आउनु भएको छ । बारमा बसेका साथीहरूलाई यहीबाट आह्वान गर्छु– भत्काइदिनुस् डरका किल्लाहरू,’ थापाले भने, ‘यही हो कांग्रेस, यहाँ सबै छौं, यह...