निर्वाचन प्रणालीमा व्यापक सुधार गर्ने गगनको प्रस्ताव– राइट टु रिजेक्ट, आरक्षित क्षेत्रसम्म

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन प्रणालीमा व्यापक सुधार गर्ने प्रस्ताव अगाडि सारेका छन् । पार्टीको दोस्रो विधान महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै थापाले निर्वाचन प्रणालीमा सुधारका लागि ठोस पहल गर्ने प्रस्ताव अगाडि सारेका हुन् । उनले समावेशितालाई अझ प्रभावकारी बनाउन आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्ने प्रस्ताव गरेका छन् । 'निर्वाचन प्रणालीमा देखिएका विकृति-विसंगतिहरूलाई सुधार गरी थप स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन कानून र प्रक्रियामा व्यापक परिमार्जन गरिने छ । समावेश...