विगतमा सत्ता केन्द्रित सहकार्य गरेकोमा गगनको क्षमायाचना

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगतमा गरिएका सत्ताकेन्द्रित सहकार्य र त्यसले सिर्जना गरेका राजनीतिक संकटका लागि क्षमायाचना गरेका छन् । नेपाली कांग्रेसको काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशनको क्रममा सोमबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री थापाले विगतका गल्तीहरूका लागि आत्मालोचना गर्दै क्षमायाचना गरेका हुन् । ‘आत्माआलोचना र क्षमायाचना’ शीर्षकमा महामन्त्री थापाले […]