विशेष महाधिवेशनमा कार्यविधि प्रस्तुत भएपछि देउवाले बोलाए आफूनिकट नेताहरूलाई छलफलमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरूलाई छलफलमा बोलाएका छन् ।  भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा कार्यविधि प्रस्तुत भएपछि देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफू निकट नेताहरूलाई छलफलमा बोलाएका हुन् । 'सभापतिले दिउँसो ३ बजे महाराजगञ्जमा छलफलका लागि बोलाउनुभएको छ,' एक नेताले भने ।