राज्य संयन्त्र सुधार्न गगनको प्रस्ताव : योग्यतामा आधारित गैरदलीय नियुक्ति, कुलिङ अफ पिरियड र नागरिक सुनुवाइ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक आयोग र सार्वजनिक संस्थामा दलीयकरण अन्त्य गर्ने नीति अबलम्बन गर्नुपर्ने परस्ताव गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्द सत्रमा पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा संवैधानिक निकाय र सार्वजनिक संस्थाहरूको दलीयकरण र राजनीतिक भागबन्डाले गम्भीर विकृति तथा विसंगति सिर्जना गरेको उल्लेख गरेका छन् । त्यसैले संवैधानिक आयोग र सार्वजनिक संस्थामा दलीयकरण अन्त्य गर्ने नीति अबलम्बन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।  दलीय निकटता र बफादारिताका...