काठमाडौंको गैरीगाउँमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

काठमाडौं महानगरपालिका–१३ गैरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक रामेछाप नगरपालिका–५ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने २८ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, 'बा ७१ प ५८८९ नम्बरको मोटरसाइकल बा ४ ख २८९८ नम्बरको टिपरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनार गम्भीर घाइते भएका थिए ...