रुपन्देही-२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी ज्ञवाली

युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने तयारी थालेका छन् ।  लामो समयदेखि वैकल्पिक राजनीतिको अभियानमा जोडिएका ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने तयारी थालेका हुन् । उनी नयाँ शक्ति र विवेकशील साझा हुँदै रास्वपा आइपुगेका नेता हुन्। युवा पुस्ताको आवाज बुझ्ने र आर्थिक क्षेत्रको ज्ञान भएका कारण आफू यस क्षेत्रको लागि उपयुक्त पात्र भएको उनले दाबी गरे । 'यो मेरो आकस्मिक निर्णय होइन, दशकौँदेखिको वैकल्पिक शक्ति निर्माणको त्य...