पपुलिस्ट र अराजकतावादी प्रवृत्तिबाट सचेत हुन गगनको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगाकुमार थापाले लोकतन्त्र कुनै चमत्कार नभई प्रणाली, पद्धति र प्रक्रिया भएको बताएका छन् । विशेष महाधिवेशनको बन्दसत्रमा राजीनितिक प्रतिवेदन पेश गर्दै उनले लोकतान्त्रिक संस्था सक्षम र सबल हुनुपर्ने तथा सरकार र राजनीतिक पार्टीहरू जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् ।  विश्वव्यापीरूपमा देखिएको पपुलिजम र अराजकतावादको लहरपछि नेपालमा पनि प्रवृत्ति र पात्रहरूले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलवादी सिद्धान्त तथा मूल्य र मान्यताको अवमूल्यन गर्ने प्रवृत्ति बढ्‌दै गएको उनको ठहर छ । 'विश्वव्यापी...