काठमाण्डाै – भारतका विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन् । हिजो भएको न्युजिल्यान्डसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा ९३ रन जोड्दै ३७ वर्षीय कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । याे खेल घरेलु टाेली भारतले जितेकाे थियाे । बडाेदरामा न्युजिल्यान्डले दिएकाे ३०१ रनकाे लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटाएकाे थियाे । कोहलीले टेस्ट, एकदिवसीय र टी–२० – तीन वटै फर्म्याटमा गरि २८ हजार ६८ रन जोडेका हुन् । उनले श्रीलङ्काका कुमार सङ्गाकारालाई प...