सिन्धुपाल्चाेक – चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा ठूलाे डढेलो लागेपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्णरूपमा बन्द भएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो । गएराति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा शुरू भएको डढेलो अहिलेसम्म ननिभेपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानजकारी दिनुभयो । राईका अनुसार आगो फैलिँदै गएपछि स्थानीय...