हिमालयमा हिउँको मात्रा तीव्र रूपमा घट्दै, २ अर्ब मानिसको जलस्रोतमा खतरा

काठमाण्डाै – सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँ पर्ने अवधि बितेको २३ वर्षकै न्यूनतम स्तरमा झरेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को स्नो अपडेट रिपोर्ट २०२५ अनुसार हिमालय क्षेत्रमा सन् २०२५ मा हिउँ टिक्ने अवधि सामान्यभन्दा २३ दशमलव ६ प्रतिशतले कम रहेको छ । यो लगातार तेस्रो वर्ष औसतभन्दा कम हिउँ परेको हो । अध्ययनमा सन् १९८० देखि २०२१ सम्मका चार फरक तथ्याङ्कको विश्लेषण गरिएको छ । अध्ययनले पश्चिमी र मध्य हिमालयमा शीतकालीन वर्षामा कमी आएको देखाएको छ । भारतीय मौसम विभागका अनुसार डिसेम्बर...